२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य प्रभु साहले पार्टीमा दुईजना अध्यक्ष बनाएकोमा विरोध जनाएका छन् । नेता साहले आज एक विज्ञप्ति जारी गरी अलग अलग पार्टीको एक अध्यक्ष भएको समयमा प्राप्त गरेको लगभग दुई तिहाइको सफलतापछि निर्माण भएको दुई अध्यक्षीय प्रणालीमा अध्यक्षहरुको आपसी टकरावले पार्टी क्षतविक्षत भएको उल्लेख गरेका छन् ।

माक्र्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत निर्माण भएको दुई अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैज्ञानिक भएको कारण देशले घात व्यहोर्नुपरेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीद्वारा गरिएको संसद विघटनको सिफारिसलाई आत्महत्याको संज्ञा दिँदै प्रचण्ड नेतृत्वलाई सहयोग गर्न अग्रसर भएको तर सो नेतृत्वको समूहले विगतको गल्तीलाई सच्याउनुको सट्टा पुनरावृति गरेको आरोप उनले लगाएका छन् ।

नेतृत्व सम्बन्धी विश्वव्यापी मान्यता विपरित नेपालमै असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणालीजस्तो गम्भीर विषयमा छलफल नै नगरि अंगिकार गर्ने निर्णयको उनले विरोध गरेका छन् । उनले यस्तो निर्णयप्रति पटक पटक विमति जनाए पनि निरकुंश शैली अप्नाइएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]