
सप्तरी – नेकपा केपी ओली समूहको केन्द्रीय कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गरेको छ ।
केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकले प्रचण्ड कार्यकारीको जिम्मेवारी बहन गर्न सक्षम नभएको निष्कर्ष निकाल्दै उनको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको सो समूहका एक नेताले बताए ।
यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले पनि संसद् विघटनको विरोध गर्दै ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको थियो। ओलीलाई अध्यक्षबाट हटाएर सो स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।