०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – झापाको हल्दीबारी गाउँपालिकाले सम्झौताका बखत वाचाकबुल गरेको समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने भएको छ ।गाउँपालिकाले तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत जनता आवास भवन तथा मोतिनी माविको ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्दै धरौटी जफत गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

हल्दीबारीले समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएसँगै ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारको सातापुत्लो उडेको छ ।गाउँकार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष डम्बरबहादुर गिरीले बताए । ‘सम्बधित कामको ठेक्का प्राप्त गर्ने निर्माण व्यवसायी कम्पनी जय इधरी निर्माण सेवालाई कालोसूचीमा राख्दै धरौटी रकम जफत गर्ने निर्णय गरेका हौँ’, गिरीले भने । अब थप दुई कम्पनीलाई कारबाहीको प्रक्रियामा ल्याउने तयारी भइरहेको उनले सुनाए ।

गाउँपालिकाले पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएका तथा सम्झौताबमोजिम काम नगरी अधुरो छाडेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपधारा ७ बमोजिम सम्झौता अन्त्य गर्ने निर्णय भएको छ । यस्तै, ठेकेदारको धरौटी रकमसमेत जफत गर्न सिफारिस गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]