१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – नेपाल-भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको लम्बाइ ५० किलोमिटर लामो हुने भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त इन्जिनियरिङ टोलीले गरेको विस्तृत इन्जिनियरिङ अध्ययनमा पाइपलाइनको लम्बाई यकीन भएको निगमको १ नम्बर प्रदेशिक कार्यालय बिराटनगरले जनाएको छ ।

पाइपलाइनको १५ किलोमिटर भूभाग नेपालतर्फ र ३५ किलोमिटर भारततर्फ पर्ने डिपो प्रमुख नकुलप्रसाद भण्डारीले बताए । भारतको सिलगुढीदेखि नेपालको झापाको चरआलीसम्म बन्ने पाइपलाइनको रुट गत मंसिर १८ गते तय भएको थियो ।नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको अध्ययनले सुझाएको तीन विकल्पमध्ये मुख्य राजमार्ग भएरै पेट्रोलियम पाइपलाइन आयोजना अघि बढाउने निश्चित भएको छ ।बिस्तृत इन्जिनियारिङ सर्भेअनुसार सिलिगुरीबाट पानीट्याङ्कीको दक्षिण भेग हुँदै पाइपलाइन मेची खोला मुनीबाट नेपाल प्रवेश गर्नेछ । त्यसपछि मूख्य राजमार्ग भएरै चारआलीसम्म पाइपलाइन आउने छ ।पाइपलाइन सडक किनाराको जमिनमा दुई मिटर गहिराईमा बिच्छ्याइने निगमले जनाएको छ । निगमले गरेको प्रस्तावअनुसार पाइपलाइनको भारततर्फको खर्च भारत सरकार र नेपालतर्फको खर्च नेपालले गर्ने भनिएको छ ।

परियोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन सकिएको र प्रतिवेदन बनाउने काम जारी रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।परियोजनाको प्रतिवेदन केही सातामै सरकालाई बुझाइने र जीटूजीमार्फत परियोजना अघि बढ्ने भएकाले सरकारले यसबारे थप निर्णय लिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]