सप्तरी – स्वरुप परिवर्तन गरेर मोटरसाइकल हाँक्दै हुनुहुन्छ भने तपाइँ जतिबेला पनि ट्राफिक प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ ।पछिल्लो समय ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेविरुद्धको कार्यलाई तीव्रता दिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसका लागि एक महिनायता विशेष अपरेसन नै चलाएको जनाएको छ ।
महाशाखाले यस अवधिमा चर्को आवाज निकाल्ने ३४२ ओटा मोटरसाइकलहरु र चालकलाई कारबाही गरेको छ ।त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै ध्वनि प्रदूषण हुने भएकाले कारबाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।ट्राफिक प्रहरीले साइलेन्सरलाई मोडिफाइ गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ ।
महाशाखाका अनुसार ठूलो आवाजले मोटरसाइकल गुडाउने, ‘जिकज्याक’रुपमा चलाउने कार्य कानुनविपरीत भएकोले कारबाही गरिएको हो ।यसरी चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गरी निगरानीमा राखिएकोसमेत महाशाखाले जनाएको छ ।