१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । करिब ६ लाख ३५ हजार बराबरको धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौं स्युचाटारका बस्ने दोलखा घर भएका सागर भन्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

गत साउन ८ गते सिन्धुली कमलामाई नगरपालिका–२ बस्ने भोला बहादुर जर्घामगरलाई एक युवतीले मोटरसाइकलमा लिफ्ट मागी चोभारसम्म पु¥याउन अनुरोध गरेकोमा निज युवतीलाई चोभारमा पु¥याउँदा अपरिचित ब्यक्तिहरुले भोला बहादुरको साथमा रहेको ६ तोला सुनको १ थान सिक्री, २ थान मोवाइल, १ थान चस्मा १ थान र नगद ७ हजार रुपैयाँ समेत गरी उक्त रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा लुटपाटमा संलग्नमध्ये लालबहादुरलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा लालबहादुर समेतका मानिसहरुले अन्य स्थानहरुमा समेत युवतीको प्रयोग गरि बिभिन्न मानिसहरुलाई लुटपाट गरेको भन्ने खुल्न आएको हुँदा सो सम्बन्धमा समेत अनुसन्धान कार्य भईरहेको र लालबहादुरलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]