१७ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आन्दोलन घोषणा गरेको छ । पहिलो चरणमा सांकेतिक विरोधको तयारी गरेको कांग्रेसले यही पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न लागेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आन्दोलन आगामी १३ गते देशभरका संघीय निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ । उनले भनेका छन्, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।’’

कांग्रेसले बुधबारको केन्द्रीय समिति बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आगामी १६ गते देश भर विरोध प्रर्दशन गर्ने निर्णय सार्वजनिक गरेका थिए । त्यसलगत्तै केन्द्रीय समितिमै नेताहरुबीच राष्ट्रिय मेलमिलाप दिवका दिन विरोध गर्न नहुने विषयमा छलफल भएपछि साँझ पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा देशभर कार्यक्रम गर्ने भन्ने जानकारी सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]