सप्तरी -किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद बिघटनको घोषणालाई असबैधानिक कदम भएको भन्दै विरोध जनाएको छ ।
किराती मोर्चा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठन हो । मोर्चाले (आज) बिहिबार बिज्ञप्ति प्रकाशन गरी संसद बिघटनको घोषणा संविधान विपरित भएको भन्दै आन्दोलनमा जुट्न आफ्नो नेता कार्यकर्ताहरुलाई आव्हान गरेको छ ।मोर्चाका केन्द्रीय अध्यक्ष राजन किराती (बासु) र महासचिव अर्जुन किरातीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री ओली स्वेच्छाचारी, भ्रष्ट्रचारको आरोपितहरुलाई संरक्षण, गुटबन्दी गर्नुको साथै संविधानमा अधिकार नै नभएको संसद बिघटनको सिफारिस गरेर देशलाई अस्थिरता तर्फ लान खोजेको विज्ञप्तिमा उल्लेख छ ।प्रधानमन्त्री ओलीले आफ्नो (ब्यक्तिगत) हित हुनेगरी अध्यादेशमार्फत संवैधानिक परिषदसम्बन्धी ऐन संशोधन आफू प्रतिकुल (अल्पमतमा पर्ने) हुने बनाएको र २०७७ पुस ५ गते मन्त्रि परिषदबाट संसद बिघटनको सिफारिस गरेर गम्भीर अपराध गरेको मोर्चाको ठहर छ ।
प्रधानमन्त्री ओली संघीय राज्य ब्यबस्था प्रति प्रहार गर्नसक्ने भएकोले सबैतहका नेता कार्यकर्ताहरुलाई पार्टीको आधिकारिक लाइनमा रहन र असंवैधानिक कदमको विरुद्धमा हुने आन्दोलनमा आ-आफ्नो क्षेत्रबाट सक्रीय सहभागि हुन आव्हान गरेको छ ।
केपी ओलीकै कारण प्रदेशहरुको नाम पहिचानको आधारमा नराखिएको आरोप लगाउदै समानुपाति, समाबेशी राज्य व्यवस्था विरोधी भएको विज्ञप्तिमा उल्लेख छ ।