१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – प्रदेश नम्बर १ का सुनसरी, झापा र ओखलढुङ्गामा भएको गाडी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ ।बुधबार साँझमा सुनसरीको देवानगंज २ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो ट्याम्पोले ठक्कर दिँदा घाइते भएका स्थानीय ९० वर्षीय बेचुदास मेहेतालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाने क्रममा बाटोमा नै ज्यान गएकाे छ ।

ठक्कर दिने अटो र चालकलाई इलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ । यसैगरी झापाको बिर्तामोड नगरपालिका ५ पूर्वपश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीय २८ वर्षीय राजेन्द्र चौधरीको ज्यान गएको छ ।

बुधबार कारले ठक्कर दिँदा घाइते भएका चौधरीको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यस्तै ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ६ सोक्माटारमा बा ३३ प ३०८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएकाे छ।

बुधबार राति मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका रामेछापको मन्थली गाउँपालिका ९ का २८ वर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागि जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राति नै ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]