०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले संसद विघटनको विरुद्धमा घोषणा गरेको आन्दोलनको तयारी शुरु गरेको छ ।जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । सोही आन्दोलनका कार्यक्रमलाई सफल बनाउन रणनीति तयार गर्न बिहीबार बैठक बसेको जसपाका नेता केशव झाले बताए । बैठकमा आन्दोलनको तयारी सम्बन्धमा छलफल भएको नेता झाले बताए ।

जसपाले यस अघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुष १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुष ११ गते मशाल जुलुस निकाल्ने र पुष १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेको छ । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]