
सप्तरी – जिल्लाको रावाबेँसी गाउँपालिकाले हप्ताको एक दिन साप्ताहिक हाटबजार सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादित कृषि उपज बिक्री गर्न तथा उपभोक्ताले खरिद गर्ने निश्चित ठाउँ निर्धारण गर्नका लागि वडा नम्बर–१ कुभिण्डेस्थित हरमटारमा हरेक हप्ताको शुक्रबार हाटबजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
कृषकको गुनासो तथा बाध्यतालाई सम्बोधन गर्दै स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई सङ्कलन गरी बिक्री वितरण गर्ने वातावरण सिर्जना गर्न साप्ताहिक हाटबजार सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो ।गत मंसिर २८ गते गाउँकार्यपालिकामा बसेको बैठकले प्रत्येक हस्ताको एक पटक अर्थात् पुस १० गते शुक्रबारबाट नियमित रुपमा हाट बजार सञ्चालन गर्ने निर्णय गरेएको थियो ।स्थानीय बासिन्दाले हातबजार सञ्चालन गर्नका लागि साँडे तीन रोपनी जग्गा गाउँपालिकाको नाममा निःशूल्क उपलब्ध गराएका छन् । आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाले कृषि उपज सङ्कलन तथा बिक्री बितरण गर्न रु. पाँच लाख विनियोजन गरी हाटबजार सञ्चालन गर्ने निर्णय गरेको थियो ।
गाउँपालिकाका स्थानीय बासिन्दाले गाउँमा उत्पादन गरेका तरकारी, फलफूल उत्पादन गरे पनि गाउँपालिकाभित्र हाटबजार नहँुदा कृषक एक दिन लगाएर छिमेकी स्थानीय तहको ऐसेलुखर्क, हलेसीस्थित अर्खौले बजार र दिक्तेलमा पु¥याउनुुपर्ने बाध्यता थियो ।हाटबजार सञ्चालन भएपछि कृषकलाई कृषि उपजहरु बेच्न तथा किनमेल गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो ।
छ वडा रहेको उक्त गाउँपालिकामा सबै कृषकले अब एक दिन लगाएर अन्य ठाउँमा कृषि उपज बिक्री गर्न जानुपर्ने बाध्यताको अन्त्य हुनेभएपछि कृषकहरु समेत हर्षित भएका छन् । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा यसअघि नै हाटबजार सञ्चालन हुँदै आएको छ ।