
सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपाको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ।बैठकमा ओली पक्षले थपेका नयाँ केन्द्रीय सदस्यको सपथ गराउने बताइएको छ। यसअघि समूह नखुलाएका गृहमन्त्री रामबहादुर थापा‘बादल’ पनि ओली समूहको बैठकमा सहभागी भएका छन्।
औपचारिक फुटको घोषणा नभए पनि दुवैतर्फले समानान्तर गतिविधि गर्दै आएका छन्। प्रचण्ड–माधव पक्षधरको केन्द्रीय कमिटी बैठकमा पनि बसिरहेको छ।