१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको भनिएको कारबाही नाटकीय भएको रहस्य खुलेको छ।

प्रचण्ड नेपाल पक्षको बुधबार बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउँदै सो ठाउमा अर्का वरिष्ठ नेता माधव नेपाललाई चयन गरेको घोषणा गरेको थियो। तर सो घोषणा प्रचलिन कानून विपरित भएको पाईएको छ।नेपालको संविधान २०७२ लाई समेत यसले खिल्ली उडाएको छ। दल सम्बन्धि ब्यबस्था गर्न बनेको ऐन २०७३ अनुसार यसरी कारवाही गर्न सक्ने ब्यबस्था छैन। दल सम्बन्धि ब्यबस्था गर्न बनेको ऐनको दफा १८ को उपधारा १ मा अनुशासनको कारबाही गर्न सक्ने ब्यबस्था भएपनि सोही धाराको उपधारा २ मा सफाईको मौका दिनुपर्ने उल्लेख छ। तर प्रचण्ड नेपाल पक्षले गरिएको भनिएको कारबाही अचनक भएको छ।कुनै स्पष्टिकरण समेत सोधिएको छैन। सोही धाराको उपधारा ३ म समेत अनुशासनको कारबाही गर्नुपर्ने कारण र आधार खुलाउनु पर्ने उल्लेख छ। तर सो पक्षले मनासिब कारण खुलाएको छैन।

सोही ऐनको दफा १९ मा कारवाहीबारे पुनरावेदन सुन्ने संयन्त्र हुनुपर्ने उल्लेख छ। तर नेकपा भित्र त्यस्तो संयन्त्र बनेको छैन। सो संयन्त्रलाई कारबाही सदर वा बदर गर्न सक्ने अधिकार दिईएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]