सप्तरी – नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहले आज केन्द्रीय समितिको बैठक बोलाएका छन् ।प्रधानमन्त्री ओली पक्षको बैठक बालुवाटारमा बस्नेछ भने प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्ने छ ।
बिहिबार बिहान साढे ११ बजेबाट बबरमहलमा हुने उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ दिने छन् ।प्रचण्डले ४० पृष्ठ लामो जवाफी पत्र तयार पारेका छन् र सो पत्र छलफलका लागि बैठकमा पेश गर्ने तयारी गरिनेछ।।यसअघि हिजो बसेको नेकपा संसदीय दलको बैठकले दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई निर्वाचित गरेको थियो ।
यसैबिच नेकपाको ओली पक्षीय केन्द्रीय बैठक दिउँसो १ बजे बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । ओली पक्षले बुधबार सातै प्रदेशमा मनोनित नयाँ र पुराना केन्द्रीय सदस्यलाई प्रशिक्षण दिएको थियो ।