०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएको छ । औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचना निर्माणको काम पुसभित्रै सुरु हुने भएको हो ।

डीपीआर रिपोर्ट अन्तिम चरणमा रहेकाले केही दिनभित्रै औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाका काम अगाडि बढ्ने मेलौली नगरपालिका प्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।उनले भने, ‘रिपोर्ट आएपछि टेन्डर गर्ने कि उपभोक्तालाई काम दिने भन्ने टुंगो लाग्छ । सबैभन्दा पहिला सडक निर्माण, खानेपानी व्यवस्थापन, फिल्ड कटिङको काम हुनेछ ।’बहुवर्षीय योजना भए पनि औद्योगिक ग्राम स्थापनामा अब ढिलाइ नगरिने नगरप्रमुख नायकले बताए । मैलौलीको वडा नम्बर १, ३, ५ र ६ को सीमा क्षेत्र सिरोडामा औद्योगिक ग्राम स्थापना हुन लागेको हो । संघीय सरकारले औद्योगिक ग्राम स्थापनाका लागि गत वर्ष ९२ लाख रुपैयाँ पठाइसकेको छ ।औद्योगिक ग्रामका लागि उक्त क्षेत्रमा फलाम, चुनढुंगा, तामालगायत खानीको सम्भावना रहेको छ । यसबाहेक नेपाली कागज बनाउने लोक्ता, बाँस, निङ्गालो, केत्तुके, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिठ्ठा, अमलालगायत बहुमूल्य जडीबुटी प्रशोधन गरिनेछ ।मेलौलीमा औद्योगिक ग्राम स्थापनापछि स्थानीय स्तरमै रोजगारी सिर्जना हुनेछ । सरकारले साना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न औद्योगिक ग्राम स्थापनाको घोषणा गरेको हो ।

मेलौली तल्लोसोराड क्षेत्रको केन्द्रबिन्दु भएकाले यहाँ अद्यौगिक ग्राम स्थापना भएपछि युवाहरूले रोजगारी पाउने स्थानीय केशवसिंह भाटले बताए । मेलौलीमा औद्यौगिक ग्रामका लागि सरकारबाट गत वर्ष नै रकम प्राप्त भएकाले अब छिट्टै कामले गति लिने नगर उपप्रमुख राधा ओझाले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]