११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – देशभरी नै चिसो घटेको छ । पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुँदा केही दिनयता देशभरी नै न्यूनतम तापक्रम केही बढेको मौसमविदको भनाइ छ ।

न्यूनतम तापक्रम बढ्दा चिसो घट्छ भने न्यूनतम तापक्रम घट्दा चिसो बढ्छ । अघिल्लो बिहीबार यो वर्षकै कम माइनस ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको न्यूनतम तापक्रम हिजो (बुधबार) माइनस ३ दशमलव ४ डिग्री पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी शुक्रबार यो वर्षकै कम १ दशमलव ६ डिग्रीमा झरेको काठमाडौंको तापक्रम बिहीबार बिहानक ४ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । बिहीबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भेगको मौसम आशिंक बदली हुने महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

उनका अनुसार बिहीबार राति प्रदेश १ को पहाडी भूभागको मौसम आशिंक बदली भएपनि अरु ठाउँको मौसम सफा रहनेछ ।
राति मौसम सफा भएसँगै बिहानको न्यूनतम तापक्रम अझै घट्नेछ । चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।

पूर्वी र मध्य क्षेत्रको उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमान मौसमविदले गरेका छन् । पश्चिमी वायुको प्रभावले प्रदेश १ र बागमती प्रदेशको पहाडी भेगको मौसम आशिंक बदली भए पनि अरु ठाउँको मौसम भने सफा रहनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]