
सप्तरी – शिलान्यास भएको १४ महिनापछि नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको काम सुरु भएको छ। आयोजनाले मंगलबारबाट सुरुङ खन्ने कार्य सुरु गरेको हो।
जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा करिब ३ किलोमिटर पहुँचमार्ग र २.७ किलोमिटर सुरुङमार्ग निर्माण हुने भएको छ।आयोजनाले आवश्यक प्रविधि ल्याई जापानी र नेपाली जनशक्तिले सुरुङ मेसिनले खन्न सुरु गरेका छन्।सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले समानान्तर दुईवटा टनेल हुने बताए। उनका अनुसार मुख्य टनेल दुई लेनभन्दा ठूलो तर ३ लेनभन्दा सानो हुनेछ।