१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – पाँच महिनाको अवधिमा दाङबाट वैदेशिक रोजगारीका लागि विदेश पुगेका १२ जनाको मृत्यु भएको छ । कार्यस्थलमा विभिन्न घटनामा परि उनीहरुको मृत्यु भएको सुरक्षित आप्रवासन सामी परियोजना दाङले जनाएको छ ।
मृतकहरु मध्ये ६ जनाको परिवारले एक करोड १३ लाख रुपैयाँ क्षतिपूर्ति समेत पाएको परियोजनाले जनाएको छ । सवारी दुर्घटना, कार्यस्थलमा दुर्घटना र बिरामी भएर उनीहरुको मृत्यु भएको हो ।

अन्य ६ जना मृतकको हकमा भने क्षतिपूर्तीको पहल भैरहेको छ । साथै रोजगारीको शिलशिलामा विदेश पुगेका मध्ये ५८ जनाको उद्धार भएको छ । अप्ठेरोमा परेका उनीहरुलाई दूतावास, मेनपावर कम्पनी र श्रम मन्त्रालयको सहकार्यमा उद्धार गरिएको हो । त्यसैगरी ठगीमा परेका २२ जना मध्ये ५ जनाको ९ लाख ५० हजार रुपैयाँ फिर्ता गराउन सफल भएको परियोजनाले जनाएको छ । दाङका करिब ७७ हजार नागरिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेको अनुमान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]