१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ ।

लीलामणि पोख्रेल, सुरेन्द्र पाण्डेसहितका नेता निर्वाचन आयोगमा पुगेर बहुमत सदस्यको हस्ताक्षर बुझाएको हो । अहिले आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जनाको हस्ताक्षर रहेको, तीन जनाले आफूहरू उपस्थित हुन नसकेको भन्दै पत्र पठाएको र १५ जनाले विविध कारणवश उपस्थित हुन नसके पनि समर्थन रहेको जानकारी गराएको नेता पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।उहाँका अनुसार प्रचण्ड–नेपाल समूहलाई समर्थन गर्ने केन्द्रीय सदस्यको सङ्ख्या तीन सय पाँच जना पुग्नेछ । जुन निर्वाचन आयोगमा दर्ता भएको चार सय ४१ सदस्यको बहुमत सङ्ख्या हो । नेकपाकै ओली समूहले सोमबारको मिति राखेर मङ्गलबार ११ सय ९९ सदस्यीय कमिटीको विवरण आयोगमा दर्ता गराइसकेको छ । ओली समूहमा १ सय २० जनाभन्दा कम सदस्य रहेको दाबी प्रचण्ड–नेपाल समूहले ओली समूहमा एक सय २० जनाभन्दा थोरै केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । निर्वाचन आयोगमा दर्ता भएका चार सय ४१ सदस्यमध्ये सात जनाले विभिन्न सरकारी पदमा नियुक्ति पाएको कारण सदस्य सङ्ख्या जम्मा चार सय ३४ रहेको पोख्रेलले बताउनुभयो ।

जसमा तीन सय पाँच जना प्रचण्ड–नेपाल पक्षको रहेको नेता लीलामणि पोख्रेलको दाबी छ । बाँकी एक सय २९ सदस्यमध्ये रामबहादुर थापा बादल पक्षका केन्द्रीय सदस्य कतै पनि नखुलेका कारण ओली पक्षमा एक सय २० भन्दा कम केन्द्रीय सदस्य रहेको पोख्रेलको दाबी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]