३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि आलुको बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डारण मानिने पक्ताङलुङ गाउँपालिका– ६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो ।

घुन्सावासीको मुख्य बाली आलु हो । हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन । चैत महिनामा आलु रोप्ने र भदौमा खन्ने गरिन्छ । गत चैतमा १६ मुरी आलुको बीउ रोप्दा १० मुरीमा मात्र फलेको स्थानीय किसान टाँसी तेन्जीङ शेर्पाले बताए । यस्तै अर्का किसान केल्साङ शेर्पा गत चैतमा आठ मुरी रोपेको आलुबाट पाँच मुरी मात्र उत्पादन भएपछि चिन्तित देखिन्छन ।घुन्सा गाउँमा जम्मा हिमाली शेर्पा समुदायको ३३ घरपरिवार बसोबास गर्दै आएका छन् । यी समुदायले परापूर्वकालदेखि नै मुख्य बालीको रुपमा आलुखेती गर्दै आएको छ । यहाँ रातो, आलु र सोलु आलु गरी तीन प्रकारका आलु रोप्दै आएको टाँसी तेन्जी शेपाले बताए । मङ्सिर १५ देखि यहाँका किसान चौंरी, याकलाई बोकाएर तीन घण्टाको पैदलयात्रा हिँडेर फलेटारसम्म आलु बिक्री गर्न जाने गरेको शेर्पाले बताए ।

लेलेप, हेल्लोक, तापेथोक, साँघु, इखाबु, लिङ्खिम, खेजिनेमलगायतका तल्लो गाउँका समुदाय १५ मङ्सिरपछि कोदो र मकै बोकेर पाँच दिनको पैदल हिँडेर फलेटार आलुको बिउ साट्न पुग्दछन् । यस वर्ष घुन्सामा राम्रो आलु नफलेपछि अधिकांश किसानको जीविकोपार्जनमा समस्या हुने देखिएको छ । हिमाली क्षेत्रमा जालवायु परिवर्तनका कारणले विगतको जस्तो आलु उत्पादन नभएपछि आलु बीउको अभाव भएको फक्ताङ्लुङ गाउँपालिकाका कृषि शाखा प्रमुख ओमप्रकाश शर्माले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]