सप्तरी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा इजलासमार्फत न्याय सम्पादन सुरु गरिएको छ ।नगरप्रमुख धीरज शर्मा बस्यालले सोमबार इजलासको उद्घाटन गरे । नगरप्रमुख बस्यालले इजलासबाट न्याय सम्पादन सहज हुने आशा व्यक्त गरे ।
उपप्रमुख तथा न्यायिक समिति संयोजक मायादेवी पौडेलले समितिमा दुई सय विवाद आएकामा एक सयको किनारा लगाइएको जानकारी दिइन् । समितिमा उपप्रमुख पौडेल संयोजक, वडा नम्बर ३ का वडाध्यक्ष रुद्रप्रसाद न्यौपाने र ७ का वडाध्यक्ष ध्रुव थारु सदस्य रहेको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए ।