१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको कार्यशैली कम्युनिष्टसँग विल्कुल नमिल्ने दावी गरेका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले ओलीमा कम्युनिस्टको व्यवहार र कार्यशैली नै नरहेको बताएका हुन् । ‘उहाँमा धैर्यता छैन । बैठक बस्न पार्टीको अध्यक्षले अर्को अध्यक्षसँग अनुनय गर्नुपर्ने अवस्था एउटा कम्युनिष्टमा हुन सक्दैन,’ उनले भने । ओलीले पार्टीमा बहसलाई निषेध गरेको आरोप पनि प्रचण्डले लगाए । ‘बहस गर्न खोज्दा बहस गर्न पाइँदैन रे !,’ उनले भने, ‘अस्तिको सचिवालय बैठकमा उहाँ एक घण्टा बोल्नुभयो तर हामीले राखेको प्रस्तावलाई आरोपपत्र रे ! बोल्न पाइँदैन भन्नुभयो ।’सचिवालयका सबै सदस्यहरु, यहाँसम्म कि, ओलीकै निकट मानिएका ईश्वर पोखरेलले समेत ‘बोल्न त सबैले पाइन्छ’ भनेपछि बल्ल आफूले बोल्न पाएको प्रचण्डले खुलासा गरे । उनले भने, ‘प्रवृत्ति हेर्नुस् कस्तो छ उहाँको !’ आफूले पार्टी एकतालाई बचाउन धेरै त्याग गरेको प्रचण्डको दावी थियो ।

आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने कुरालाई छाडेको, सरकारमा जाने कुरालाई आफूले प्राथमिकता नदिइ पार्टीको भूमिकालाई नै रोजेको उल्लेख गर्दै प्रचण्डले त्यसका बाबजुद सचिवालय बैठकमा आफ्नो कुर्सी हटाइएको, अपमान गर्न खोजिएको प्रस्ट पारे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]