०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई पक्षले आ-आफ्नो पक्षबाट केन्द्रीय कमिटीको बैठकहरु राखिरहेका छन् ।मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री समेत रहनु भएको केपी शर्मा ओलीले केन्द्रीय समितीको बैठक राख्दै विभिन्न निर्णयहरु गर्नु भएको छ । त्यस्तै यतिबेला पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले पनि केन्द्रीय कमिटीको बैेठक चलाइरहेका छन् ।

शीर्ष नेताहरु आफू निकटका नेताहरुलाई आफ्नो पक्षमा पार्ने दौडधुपमा छन् भने नेताहरुपनि आफ्नो कित्ता प्रष्ट पार्दै कोही ओली त कोही प्रचण्ड-नेपाल पक्षको बैठकमका सहभागी भएका छन् । तर राजनीतिक कित्ता विभाजित हुँदा नेता रघुबीर महासेठको श्रीमान र श्रीमतीको पनि कित्ता विभाजित भएको छ ।जसमा बिगत लामो समयअघिबाट प्रधानमन्त्री ओलीको विस्वास पात्रका रुपमा रहेका रघुबीर महासेठ प्रचण्ड नेपाल पक्षमा लागेका छन् भने उनकी श्रीमति जुली महतो ओली पक्षमा लागेकी छन् ।

जुली बिहान बालुवाटारमा आयोजित ओली पक्षको केन्द्रीय समितीको बैठमा उपस्थित थिइन् । उता पूर्व मन्त्रीसमेत रहनु भएका महासेठ भने अहिले जारी प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितीको बैठमा सहभागी छन् । रघुवीर महासेठ र जुली महतो दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]