सप्तरी – प्रहरीले अबैध हुन्डी कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको टोलीले धादिङ खनियाबास गाउँपालिका वडा नम्वर ३ बस्ने २५ वर्षीय बिर्ज तामाङलाई नियन्त्रणमा लिएको हो।
शंका लागेर तामाङको शरिर चेक गर्दा स्रोत नखुलेको १३ लाख ५ हजार रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए।उनी हुण्डी कारोबारी भएको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।