१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – राष्ट्रिय अनुसन्धान विभागका दुईजना इन्सपेक्टरलाई प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा गरिएको छ । छड्के बाटोबाट राष्ट्रिय अनुसन्धान विभागमा ईन्ट्रि गरेकी बिना केसी र सुन्दरमणी पोखरेललाई प्रमुख अनुसन्धान अधिकृतकमा बढुवा गरेको बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राअवी प्रमुख गणेश अधिकारीले अन्य पतिस्पर्धीलाई पाखा लगाउँदै उनिहरुलाई बढुवा गरेका हुन् । बिना केसी प्रधानमन्त्री ओली निकट मानिने गोविन्द थापाकी पत्नि हुन् । प्यूठान घर भएका सुन्दरमणी पोखरेल ओली निकट नेताका छोरा हुन् । केही समयअघि चीनमा तालिम गरेर फर्केका पोखरेल बुटवलमा कार्यरत छन् ।

बिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘स्टिङ अपरेशन’ गर्ने टिममा कार्यरत छिन् । चार बर्षदेखी अख्तियारमा अड्डा जमाएकी बिनालाई बढुवा गर्दा सो ब्याचका १४ जना प्रतिस्पर्धी थिए । तर, पहुँचको भरमा बिना बढुवा भइन् । राष्ट्रिय अनुसन्धान विभागले गरेको बढुवा सिफारिस प्रधानमन्त्रीको कार्यालयका सचिवले सदर गर्ने कानुनी प्रावधान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]