
सप्तरी – कोरोना भाइरस नयाँ रूपमा फैलिन थालेपछि विश्वका विभिन्न देशसँगै भारतमा पनि चिन्ता बढेको छ।
भारत सरकारले बेलायतबाट हुने सबै उडानमा यही डिसेम्बर ३१ सम्मका लागि प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध आजै राति १२ बजेबाट लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आज राति १२ बजे अगाडिसम्म बेलायतबाट जति व्यक्ति भारत आउने छन्, तिनको पीसीआर परीक्षण गरिनेछ।त्यस क्रममा जो संक्रमित देखिन्छ, उसलाई क्वारेन्टिनमा पठाइनेछ भने अन्यलाई ७ दिन घरमा एकान्तवासमा रहन भनिनेछ।