१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

सप्तरी – नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।आइतवार नेपाल रत्न तथा आभुषण संघले नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा स्वागत कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रको समस्या समाधान गर्ने विश्वासका साथ निर्वाचित गरेको भन्दै आफूहरुले सो विश्वासलाई कायम राख्न प्रयास गर्ने बताएका हुन् ।

‘निजी क्षेत्रले एकमात्र नेतृत्व महासंघलाई मानेको हुँदा हामी सबैजनाले एक लक्ष्य र आवाजमा काम गर्ने छौं,’ अध्यक्ष गोल्छाले भने । उनले हालै महासंघ भित्र समिति र फोरम गठन गरिसकेको भन्दै ती समिति र फोरमहरुलाई सक्रिय बनाएर निजी क्षेत्रको विभिन्न समस्याहरु समाधान गर्न पहल गर्ने बताए । हाल देशभित्र सुनचाँदीको गरगहना तयार गर्न दक्ष कामदारको अभाव देखिएको विषयमा जानकार रहेको भन्दै सो विषयलाई सम्बोधन गर्दै आगामी दिनमा नेपालभित्रै कामदार तयार पार्ने प्रयास गर्ने बताए । उनले नेपाली गरगहनाको निर्यातमा पनि चुनौती रहेको तर उच्च मूल्य प्राप्त गर्न सकिने सुनचाँदी गरगहनाको निर्यातका लागि समेत रत्न तथा आभुषण संघसँग सहकार्य गर्ने बताए । लगानीको वातावरणलाई सुधार्ने र कसरी दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने योजनासहित काम भइरहेको भन्दै त्यसको लागि वृहत छलफल समेत गरिने अध्यक्ष गोल्छाले बताए । त्यसैगरि वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले रत्न तथा आभूषण संघसँग नजिकबाट सहकार्य गर्न तयार भएको भन्दै १० हजार भन्दा बढि सुन व्यवसायी रहेकोमा सरकारले कोटा लगाउनु दुखद रहेको बताए । सुनको अभावले व्यवसायी र कालिगढ पलायन हुनसक्ने जोखिम भएको भन्दै उनले सो समस्या समाधान गर्न प्रयास गर्ने बताए । कार्यक्रममा नेपाल रत्न तथा आभूषण संघका पूर्व अध्यक्ष सुरेश श्रेष्ठले नेपाली रत्न तथा आभुषणको व्यवसायमा दक्ष कामदारको समस्या रहेको र त्यसलाई समाधान गर्न कठिन भएको बताए । उनले नेपाली स्टोनहरुलाई उत्खनन गरेर विदेशमा महंगो मूल्यमा निर्यात गर्न सकिने संभावना रहेको भन्दै त्यसको लागि सबैले पहल गर्नुपर्ने बताए ।

संघबाट अध्यक्ष ज्योत्सना श्रेष्ठका साथै अन्य ३ जना समेत कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाली गरगहना गुणस्तरीय भएपनि सो अनुसार सरकारले निर्यात प्रोत्साहन गर्न नसकेको बताइन् । उनले दक्ष कामदारको अभाव, सुन आयातमा कोटा, स्पष्ट नीति नियमको अभाव हुँदा रत्न तथा आभुषण व्यवसायीहरुले पटक पटक समस्या बेहोर्नुपरिरहेको बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]