१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साँठगाँठमा मध्यावधि चुनाव घोषणा भएको बुझिएको छ । ओलीले आइतबार प्रतिनिधिसभा बिघटनको सिफारिश गर्नुपूर्व देउवासँग केही दिन अघि भेटेका थिए । त्यस बखत पनि सम्भावित कदमबारे कुराकानी भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार मध्यावधिमा जाने भए भित्री रुपमा समर्थन गर्ने देउवाको जवाफ थियो । ओलीको कदमप्रति अहिले देउवा खासै कडा रुपमा प्रस्तुत भएका छैनन् । बरु उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत केही संवैधानिक निकायमा आफूले चाहेका व्यक्तिहरुलाई नियुक्तिको सिफारिश गराउन सफल भएका छन् ।विगतमा पनि ओली र देउवाबीच कतिपय निर्णयहरुमा साँठगाँठ भएको थियो । उनले ओलीका कतिपय कदममा मौन समर्थन गरेका थिए । यसपटक प्रतिनिधिसभा बिघटनमा पनि देउवाले खासै विरोध गरेका छैनन् । यो दुई नेताबीचको सहमतिमै चालिएको कदम भएको बुझिएको छ ।

हिजो प्रधानमन्त्री ओलीले संसद बिघटन गरी वैशाखमा दुई चरणको मध्यावधि चुनाव गर्ने सिफारिश गरेका थिए । यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]