०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

सप्तरी – एप्पलले अमेरिकाको क्यालिफोर्निया तथा बेलायतको लण्डनमा रहेका एप्पलका रिटेल स्टोरहरु बन्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धिले असर पारेका बजारहरुमा एप्पलले आफ्नो स्टोर बन्द गर्न लागेको हो ।

लस एन्जल्स क्षेत्रका एप्पल स्टोरहरु बन्द गर्ने निर्णय गरेको अर्को दिन नै एप्पलले क्यालिफोर्नियाको गोल्डेन स्टेट क्षेत्रमा रहेका सबै ५३ स्टोरहरु बन्द गर्ने घोषणा आफ्नो वेबसाइटमार्फत् गरेको हो ।सन फ्रान्सिस्को क्षेत्रमा रहेका एप्पल स्टोरसमेत बन्द हुने छन् । साथै सिलिकन भ्यालीस्थित कार्यालयका रिटेल स्टोरसमेत बन्द हुनेछन् । ती एप्पल स्टोरहरु कहिलेदेखि खुल्ने भन्ने मिति एप्पलले तय गरेको छैन ।पछिल्ला हप्ताहरुमा क्यालिफोर्निया राज्य अमेरिकामा कोरोना भाइरस महामारीको केन्द्र बनिरहेको छ । शनिवार त्यहाँको कोरोना भाइरस संक्रमण संख्या १८ लाख पुगेको छ भने २२ हजार भन्दा धेरैको मृत्यु भैसकेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लण्डन र दक्षिणपूर्वी इंगल्याण्डमा नयाँ चरणको लकडाउन घोषणा गरेका छन् । लण्डन क्षेत्रमा कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धि भएर लकडाउन भएसँगै एप्पलले लण्डनका एप्पल स्टोरसमेत तत्कालका लागि बन्द गर्ने घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]