
सप्तरी – प्रतिनिधिसभा विघटनसँगै देशमा विकसित राजनीतिक घटनाक्रमपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नलागेको जानकारी दिए।थापाका अनुसार बालुवाटारबाट हुने ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।