१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

सप्तरी – मोटरसाइकल चोरी गर्ने दुई जना आइतवार पक्राउ परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने २६ वर्षीय छेसाङ्ग लामा र २३ वर्षीय शिल बहादुर तामाङलाई चोरी गरेको बा ९९ प ७७३१ नम्वरको सेतो रंगको केटिएम डुक मोटरसाइकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।त्रिपुरेश्‍वरस्थित अटो क्लिनिक मोटरसाइकल वर्कशपमा बनाइ रहेको उक्त मोटरसाइकल शंकास्पद लागि अनुसन्धान गर्दा चोरी भएको खुलेको हो। उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-००६ प २४९५ रहेको खुल्न आएको छ।

खोटाङका सोमकुमार राईले सोही मोटरसाइकल काठमाडौं अत्तरखेलबाट हराएको निवेदन दिएका थिए।पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]