०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

सप्तरी – चाँगुनारायण नगरपालिका -५ छालिङको छायाँबस्तीमा बाटो निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा एकजनाको मृत्यु भएको छ भने दुई मजदुर घाइते भएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार छायाँबस्तीस्थित माथिल्लो मगर चोकबाट वरदानेश्वर महादेव जाने बाटो निर्माण गर्ने क्रममा आइतबार अचानक माथिबाट पहिरो खसेको थियो।

पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिशंखुपाखर गाँउपालिका- ४ घर भई हाल छायाँबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।त्यस्तै लिशंखुपाखर गाउँपालिका- ४ नै घर भई हाल छायाँबस्तीमै बस्ने ४४ वर्षीय प्रेम लामा र रामेछापको सुनापाती गाउँपालिका घर भई हाल छायाँबस्ती बस्ने ५० वर्षीय भुपालसिंह घिसिङ घाइते भएका छन्।प्रहरी नायब उपरीक्षक गिरीका अनुसार पहिरो खसेर घाइते भएका तीनैजनालाई उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। निमा लामाको भने मृत्यु भइसकेको भक्तपुर अस्पतालका चिकित्सकले घोषणा गरेको उनले जानकारी दिए।घाइते प्रेम र भुपालसिंहलाई थप उपचारको लागि क्रमशः अर्थोपेडिक अस्पताल नारायणटार काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए। घाइतेमध्ये प्रेम उपचारपछि घर फर्किएका छन्। भुपालसिंह भने थप उपचारको लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल रिफर भएको उनले जानकारी दिए।

बाटो क्रममा पहिरो खस्दा घाइते भएका मजदुरहरुलाई महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]