१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

सप्तरी –टोटनहम हट्सपरलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । पेनाल्टी गोल र आत्मघाती गोल मद्दतमा लेस्टरले टोटनहमलाई २-० ले पराजित गरेको हो ।

टोटनहमको घरेलु मैदानमा भएको खेलको पहिलो हाफको इन्जुरी टाइममा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।टोटनहमका सर्जि अउरिरले वेस्ले फोफानालाई फाउल गरेपछि लेस्टरले पेनाल्टी पाएको थियो । पछि भिएरआर रेफ्रीले पनि पेनाल्टी नै मान्यता दिएपछि भार्डीले गोल गरेका थिए ।४८औं मिनेटमा जेम्स म्याडिसनले लेस्टरका लागि गोल गरेका थिए तर भिएआरले मान्यता दिएन । ५९औं मिनेटमा टोटनहमका टोबी एल्डरवेयरल्ड्ले आत्मघाती गोल गरेपछि लेस्टरले अग्रता दोब्बर पारेको थियो ।भार्डी एकै टिमको तीन स्टेडियममा गोल गर्ने प्रिमियर लिगकै पहिलो खेलाडी बनेका छन् । उनले टोटनहमको ह्वाइट हार्ट लेन वेम्ली र वर्तमान टोटनहम हस्टपर स्टेडियममा गोल गरेका हुन् ।

जितपछि १४ खेलबाट २७ अंक जोड्दै लेस्टर दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ३१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । लगातार दोस्रो हारपछि टोटनहम चौथो स्थानमा झरेको छ । टोटनहमको समान खेलबाट २५ अंक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]