३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

सप्तरी – कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि राहत प्याकेज ल्याउने सम्बन्धमा अमेरिकी सांसदहरु अन्ततः सहमत भएका छन् ।

विगत केही महिनादेखिको खिचातानीपछि अमेरिकी सांसद ९ खर्ब डलर बराबरको राहत प्याकेज ल्याउन सहमत भएका हुन् ।
कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि रकम खर्च हुनेछ । यस्तै सर्वसाधारणलाई प्रदान गरिने खोप तथा विद्यालय पुनः सञ्चालनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने उल्लेख छ ।अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको १.४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप भएको हो ।यसअघि कोरोना भाइरसको महामारीबाट प्रभावितका लागि ल्याइएको राहत कार्यक्रमको समय सकिन लागेका बेला नयाँ प्याकेजमा सहमति जुटेको हो ।

यसअघिको राहत प्याकेज अन्त्य भएसँगै झण्डै एक करोड २० लाख अमेरिकी बेरोजगार भत्ताबाट वञ्चित हुने अवस्थामा पुगेका थिए ।तल्लो सदन सिनेटका प्रतिनिधिहरुले नयाँ प्याकेजमाथि सोमबार मतदान गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]