१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताहरुले आइतबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा र जसपाका कार्यकर्ताहरुले जनकपुरमा छुट्टाछुट्टै प्रदर्शन गरेका हुन् ।प्रधानमन्त्री ओलीले गैर कानुनी कदम चालेको भन्दै नेकपा निकट राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेका थिए । नगरको विभिन्न भागमा प्रदर्शन गर्दै उनीहरुले जनक चोकमा कोणसभा समेत गरेका थिए । कोणसभामा बोल्दै युवा संघका नेता राजकुमार यादवले केपी ओलीको यो कदमले देश बर्बाद हुने बताए । देशमा बेरोजागारी बढाएको, व्याप्क भ्रष्टाचार गरेको र आफ्नै पार्टीभित्र पनि विश्वासघात गरेको उनको भनाइ थियो ।

यस्तै, जसपा निकट युवाहरुले पनि संसद विघटन गरेको विरोधमा जनकपुरमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी ओली मुर्दावाद लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । जनक चोकमा आयोजित कोणसभामा बोल्दै वक्ताहरुले प्रधानमन्त्री ओलीले उक्त कदम नसच्चयाएसम्म आन्दोलनलाई जारी राख्ने चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]