०९ फाल्गुण २०८०, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – संकी प्रधानमन्त्री चाहिँदैन देश डुबाउन पाइँदैन’ भन्दै साझा पार्टीले पोखरामा प्रदर्शन गरेका छन् । संसद विघटनको विरुद्ध पोखराको महेन्द्रपुलमा मौन प्रदर्शनमा उत्रिएका साझा पार्टीका नेता– कार्यकर्ताले प्रधानमन्त्रीको सनकमा देश डुबाउन नपाइने बताएका हुन् ।

‘देश प्रतिगमनतिर गइराखेको छ’, साझा पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले भने, ‘अहिलेको उपलब्धीमा विश्वास राख्ने लोकतान्त्रिक शक्ती एकठाउँमा आएर आवाज बुलन्द गर्नुपर्छ ।’ संसद विघटनको प्रतिवाद गर्न साझा पार्टी सडकमा उत्रिएको उनले बताए । अहिले सरकार चलाइरहेहरु २०६२/०७३ को जनआन्दोलनमा सहभागी नभएको भण्डारीले दाबी गरे । ‘जनआन्दोलनको बेलामा एक दिन पनि सडकमा नआएको शक्ति अहिले सत्ता चलाइरहेको छ’, उनले भने, ‘त्यो शक्तिले यतिखेर संविधान मिच्ने र लोकतन्त्रको उपहास गरिराखेको छ ।’ संसद विघटन, अध्यादेश लगायतका घटना यसका उदाहरण भएको भण्डारीको भनाइ छ ।
सरकारमा रहेका शक्ति भारतको इशारामा जनआन्दोलनका बेला पनि आन्दोलन विरोधी अभिव्यक्ती दिने गरेको भण्डारीले बताए। संघीयता, गणतन्त्र र लोकतन्त्रको मजाक गरिरहेको भन्दै उनले यसका विरुद्ध एकताबद्ध हुन उनले आग्रह गरे । ‘कहिलेकाँही तानाशाही सनकमा कदम चाल्छन् र कहिल्यै नउठ्ने गरी चकनाचुर हुन्छन’्, उनले भने, ‘कुतिको मार्ग हिँडेर काशी पुगिदैन, लोकतन्त्र र गणतन्त्रको पछाडी फर्केर जान सकिँदैन ।’सरकारले चालेको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध जनतालाई सडकमा उतार्ने समेत भण्डारीले चेतावनी दिए ।

साझा पार्टीका केन्द्रिय सदस्य रजनी केसीले सरकारले सिफारिस गरेको संसद विघटन प्रस्ताव राष्ट्रपती विद्यादेवी भण्डारीले स्विकृत गरेर गरिमा गुमाएको बताइन् । ‘संसद विघटन गर्ने विशेष अधिकार प्रधानमन्त्रीलाई छैन’, केसीले भनिन्, ‘अब सदन बसेर बैकल्पिक सरकार गठन गर्न सक्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]