३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबीच बैंकले प्रदान गर्ने सेवा सुविधासम्बन्धी सम्झौता नवीकरण भएको छ ।

उक्त सम्झौतापत्रमा परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार त्रिभुवन विश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटीबापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रिविअन्तर्गतका क्याम्पसहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क/रकम जम्मा गर्न मिल्नेछ ।

त्रिविका विद्यार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खुस्थित काउन्टरलगायत देशका सबै शाखाबाट त्रिविको आम्दानी खातामा जम्मा गर्न मिल्ने जनाइएको छ । यसका साथै उक्त काउन्टरबाट पनिकामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने/दिनेलगायत सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]