सप्तरी – पहिलो चरणको निर्वाचन २०७८ वैशाख १७ र दोश्रो चरणको निर्वाचन वैशाख २७ गतेलाई तोकियो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारले वर्तमान प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिशलाई सदर गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशको लागि वर्तमान प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ पहिलो चरणमा र वैशाख २७ गते दोश्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्न गरेको सिफारिशलाई सदर गरेकी हुन् ।“नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म तथा मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र वैशाख २७ गते दोश्रो चरणमा अर्र्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई,” राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सोही बमोजिम सम्मानीय प्रधामन्त्रीबाट सिफारिश भएकोले उक्त सिफारिश बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभाव विघटन गरी निर्वाचनको मिति तोक्नु भएको छ ।”