०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – बलिउड अभिनेत्री कंगना रनौतले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छिन्। ट्वीटरमा एक भिडिओ सेयर गर्दै पछिलो १०/१२ दिनदेखि आफूलाई ध्यान मार्ने र बलात्कार गर्ने धम्की आएरहेको बताएकी हुन्।

जसका कारण आफू मानसिक तनाव झेलिरहेको बताइन्। किसान आन्दोलनको कुरा उठान गर्ने क्रममा आफुमाथि यस्तो धम्की आएको उनको भनाइ छ।उनले भारतमा भइरहेको किसान आन्दोलनमा घुसपैठको आरोप लगाएकी छिन्। तर, आन्दोलनमा सहयोग गर्दै आएका प्रियंका चोपडा र दिलजीत दोसाँझमाथि गम्भीर आरोप लगाएकी छिन्।कंगनाले भिडिओमा भनेकी छिन्, “उनीहरुले बेला बेला आफ्नो देशभक्ति किन दर्शाउनुपर्छ? जबकी प्रियंका चोपडा तथा दिलजीत जस्ता कलाकारलाई म उनीहको नियतिबारे कहिले केही सोध्न चाहदैंन्।”उनले किसानले गर्दै आएको आन्दोलन राजनीतिबाट प्रेरित भएको भन्दै आतंकवादी घुसपैठ भएको बताइन्।

“मैले वादा गरेको थिए कि, जब किसान आन्दोलनको फण्डा सार्वजनिक हुन्छ। जसरी शाहीद बागका बाहिरिएको थियो। त्यही दिन म बोल्नेछु। यो देशमा के प्रश्न गर्न मेरो अधिकार होइन्? जबकी प्रधानमन्त्री नरेन्द्र मोदीले सबै कुरा स्पष्ट पारिदिएका छन्। अनि किन आन्दोलन गर्नुपर्‍यो? यो सबै राजनीतिबाट प्रेरित छ। यसमा आतंकवादी पनि सहभागी छन्।” उनले भनिन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]