१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – डोल्पाबाट राष्ट्रिय पक्षी डाँफेलाई काठमाडौँस्थित चिडियाखाना लगिने भएको छ । मध्यवर्ती क्षेत्रका एक स्थानीयवासीले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाडौँ लैजान लागिएको निकुञ्जले जनाएको छ ।

एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका–२ रसीगाँउ बस्ने स्थानीय वीरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको अवस्थामा उद्धार गरी निकुञ्जमा बुझाएका थिए। सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए।डाँफेलाई निकुञ्ज कार्यालयमा सुरक्षित राखिएकाले केही दिनभित्रै काठमाडौँ लैजाने तयारी भइरहेको पौडेलको भनाइ छ । एक महिनायता दुई घोरल र एक डाँफेसहित तीन संरक्षित वन्यजन्तु स्थानीयवासीले नै उद्धार गरी निकुञ्ज कार्यालयमा बुझाएका छन् ।

पछिल्लो समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई वन्यजन्तु संरक्षणमा जागरुक बनाउन निकुञ्ज सफल भएको सरोकारवालको भनाइ छ । संरक्षणका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्ति वा संस्थालाई निकुञ्जले पुरस्कारसमेत दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]