१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – बाँकेबाट झापातर्फ लैजाँदै गरेका ३ ट्रक गोरु पश्चिम नवलपरासीको सुनवलबाट स्थानीयले नियन्त्रणमा लिएका छन् ।

नियन्त्रणमा लिएका गोरुहरु छाड्ने र कारबवाही गर्ने विषयमा स्थानीय र प्रहरीबीच विवाद भएपछि ट्रकलाई जहाँबाट ल्याइएको हो त्यतै फर्काएको छ । ३ वटा ट्रकमा ८२ वटा गोरुहरु थिए । स्वास्थ्य परीक्षणको प्रमाण पत्रसहित लैजाँदै गरेका गोरुहरु मासु प्रयोजनका लागि लैजान लागेको भन्दै स्थानीय र विश्व हिन्दु महासंघमा आवद्ध सदस्यहरुले रोकेर नियन्त्रणमा लिएका थिए ।ओसारपसारका लागि आवश्यक पर्ने कागजपत्र भएको पाइएपछि प्रहरीले छाड्न खोजेको थियो । तर स्थानीयले विरोध गरेपछि कानुनी झण्झटका कारण नवलपरासी प्रहरीले रुपन्देही जिल्लाको प्रहरीलाई समन्वय गरेर गोरुहरु फर्काइएको प्रहरीले जनाएको छ ।भेटनरी प्रमाण पत्रमा स्वस्थ गोरुहरु रहेको जनाइए पनि अधिकांश गोरुहरु वृद्ध अवस्थाका थिए । केही गोरुहरु ट्रकभित्रै मरेको अवस्थामा रहेका थिए । ओसारपसारको न्यूनतम ढुवानीको मापदण्ड समेत पालना नगरी वृद्ध गोरुहरु ट्रकमा कोचेर लैजान लागेको अवस्थामा रोकेर प्रहरीलाई खबर गरेको स्थानीय हरि भण्डारीले बताए ।बाँकेको जानकी गाउँपालिकाको रमवापुर पशु हाट बजारबाट खरिद गरी सर्लाही हुँदै झापा लैजानको लागि भेटेरीनरी प्रमाण पत्र दिइएको छ । सर्लाही घर भइ हाल झापा बस्ने निरज सिंहले लैजाँदै गरेको उक्त गोरुको भेटेरीनरी प्रमाण पत्र ब्रहम बाबा सप्लायर्स मकवानपुर–५ पिप्लेको नाममा ओसारपसारको अनुमति दिइएको थियो ।

पश्चिमका विभिन्न जिल्लाबाट दिनहुँजसो पूर्वपश्चिम राजमार्ग हुँदै गोरुहरु ओसारपसार हुने गरेको स्थानीयले बताएका छन् । त्यसरी ल्याइएका गोरुहरु झापाको काकडभिट्टाहुँदै मासु प्रयोजनका लागि बंगलादेशसम्म पुर्‍याउने गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]