०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – सुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको दलित छात्रवासको अपुरो भवन। तस्बिर : दिपकजंग शाही/सेतोपाटीसुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको दलित छात्रवासको अपुरो भवन। तस्बिर : दिपकजंग शाही/सेतोपाटी

सुर्खेतको वीरेन्द्रनगरमा दलित छात्रवास निर्माणका लागि शिलान्यास भएको ११ वर्ष बित्यो। साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको वीरेन्द्रनगरमा पढ्न आउने दलित समुदायका विद्यार्थीलाई कोठा पाउन भएको समस्यालाई मध्यनजर गर्दै निर्माण थालिएको ‘दलित छात्रवास’ अझसम्म पनि निर्माण भएको छैन।सरकारले पटक/पटक गरी पठाउने अपुग बजेटका कारण छात्रवास ११ वर्षसम्म पनि बन्न नसकेको हो। २०६६ मा शिलान्यास भएको छात्रवासको सुरूमा बनेको जग र पर्खाल समेत जीर्ण जस्तै बनेको छ।विगतमा सरकारले सुर्खेतमा बन्न लागेको दलित छात्रवासलाई प्राथमिकतामा नराख्नुले निर्माणमा ढिलाइ भएको दलित छात्रवास भवन निर्माण समितिका अध्यक्ष किशोरभक्त सुनार बताउँछन्। ‘विभिन्न समयमा नेपाल सरकारले थोरैथोरै बजेट पठाउने गर्‍यो, लागत अनुमान अनुसारको बजेट एकैचोटि व्यवस्था गरी निर्माण जिम्मा दिएको भए समयमै पूरा हुन्थ्यो होला,’ उनले भने।यो छात्रवास निर्माणको जिम्मा पाएको संघीय आयोजना इकाई (साविकको सहरी विकास तथा भवन डिभिजन) कार्यालयका अनुसार अहिलेसम्म ठेक्का र कोटेसनमा गरी तीन चरणमा काम भएको छ।तीनै चरणमा गरिएको कामलाई हेर्दा स्टिमेटको आधा काम पनि नभएको अध्यक्ष सुनारले बताए। छात्रवासको स्टिमेट अनुसार छात्र र छात्राका लागि दुई तलाको छुट्टाछुट्टै दुइटा ब्लक बनाउनुपर्नेछ। ती दुइटा भवनमा जम्मा ३२ कोठा हुनेछन्।आर्थिक वर्ष ०६४/६५ मा छात्रवास निर्माणको लागि पहिलो पटक ठेक्का सम्झौता भएको थियो। उक्त वर्ष नेपाल सरकारले ५२ लाख रुपैयाँ सुर्खेतको दलित छात्रवास निर्माणका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयमा पठाएको थियो।उक्त बजेटमा घटेर मल्ल कन्स्ट्रक्सन एण्ड पोख्रेल निर्माण सेवा जेभीले २९ लाख १० हजार ११७रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २०६५ असार २९ गते भएको सम्झौता अनुसार ३०६६ कात्तिक १५ गतेभित्र तोकिएको काम निर्माण कम्पनीले गरिसक्नुपर्ने थियो।तोकिएको समयमा काम हुन नसकेपछि २०६७ असार २६ गते पुनः ६ महिना म्याद थप गरिएको थियो। उक्त बजेटमा ठेक्का पाएको निर्माण कम्पनीले जग बनाउने र पिल्लर उठाउने काम गरेको थियो।दोस्रोपटक आर्थिक वर्ष ०६७/६८ मा अर्को ठेक्का गरिएको थियो। जसमा ६ लाख १ हजार १०९ रुपैयाँ बजेट रहेकोमा निर्माण कम्पनीले ३४ प्रतिशत घटेर ३ लाख ९४ हजार ५१९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

सुर्खेतको गंगादेवी निर्माण सेवाले २०६८ जेठ २६ गते सम्झौता गरी मंसिर २५ गतेभित्र सम्झौता अनुसारको काम गरिसक्नुपर्ने थियो। निर्माण कम्पनीले उक्त बजेट र समयभित्र जग माथिको एक तलासम्म पर्खाल निर्माणको काम पूरा गरेको थियो।यस्तै, तेस्रो पटक पनि कोटेसनमार्फत् गरिएको कामबाट उक्त पिलरमाथि वीम ढलान गरियो। आर्थिक वर्ष ०६९/७० मा उकाली ओराली निर्माण सेवाले कोटेसनमार्फत त्यो काम गरेको थियो।

प्रदेश सरकारले दियो ५० लाख
;दलित छात्रवासका लागि कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। विनियोजन गरिएको बजेटबाट छुट्टै नयाँ भवन बनाउन लागिएको छ।छात्रवास भवन निर्माण समितिका अध्यक्ष सुनारका अनुसार छात्रवासका लागि छुट्याइएको सोही जग्गामा फरक भवन बनाउन लागिएको छ। प्रदेश सरकारले दिएको बजेटबाट पाँच कोठाको भवन बनाइने उनले बताए। भवन निर्माण समितिबाट बनाइने उक्त भवनको जग तयार गरिएको छ।११ वर्ष अघिदेखि बन्न थालेको ३२ कोठे भवन भने जिम्मा पाएको संघीय आयोजना एकाईले नै बनाउनु पर्नेछ।
संघीय आयोजना एकाईका इञ्जिनियर टिकाराम पोखरेलले हालसम्म सरकारले पठाएको बजेटबाट बन्ने संरचना भने बनिसकेको बताए। ‘सरकारले यसका लागि जुनबेला जति बजेट पठायो, त्यो काम भएर खर्च भइसकेको छ,’ पोखरेलले भने, ‘पहिले बजेट थोरै आउँथ्यो, अहिले अलि बढी आएको छ। अब पुनः ठेक्का हुन्छ।’दलित छात्रवास निर्माण पूरा गर्न संघीय सरकारबाट पनि कार्यालयलाई यो आर्थिक वर्षमा ५० लाख रुपैयाँ आएको उनले बताए।

यो बजेटमार्फत् गरिने ठेक्काको तयारी अन्तिम चरणमा पुगेको र सूचना निकाल्ने तयारी कार्यालयले गरेको इञ्जिनियर पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]