१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

साढे चार वर्ष पहिले आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।

२०७३ साल साउन ३० गते कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ थुनिया भदोखर्ककी २६ वर्षीया साजरा खातुनको उनकै श्रीमानले हत्या गरेका थिए।२७ वर्षीय उस्मान धोबी मुसलमान भन्ने उसमान गनी मुसलमानले रातिको समयमा घाँटी थिचेर साजराको हत्या गरी फरार भएका थिए।साजराको हत्या गरी भारतमा लुकिछिपी बस्दै आएका उसमान घर आएको गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेका उसमानलाई शुक्रवार नै जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले श्रीमतीको हत्या गरेलगत्तै फरार रहेकोमा मुद्दा प्रक्रिया अगाडि बढाउन नसकिएको भए पनि पक्राउ परेलगत्तै कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए।उसमानलाई ईलाका प्रहरी कार्यालय चन्द्रौटाको टोलीले घर भित्रैबाट पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]