०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – गत ४ वर्षदेखि घट्दै आएको विद्युत चुहावट चालु आर्थिक वर्षमा बढ्न थालेको देखिएको छ ।

चालु आवको तथ्यांकअनुसार गत असोजमा प्राधिकरणको प्रणालीबाट वितरण लाइनतर्फ १४.२९ प्रतिशत विद्युत चुहावट भयो । यो गत वर्षको असोजभन्दा २.३१ प्रतिशत बढी हो । गत वर्षको असोजमा वितरणलाइतर्फको चुहावट ११.९८ प्रतिशत थियो ।प्राधिकरणले ग्राहकलाई वितरण गरेको तर, बिलङ प्रणालीमा नसमेटिएको विद्युतको मात्रालाई चुहावटमा गणना हुन्छ । यसमा केही प्रतिशत हिस्सा प्राविधिक चुहावट हुन्छ । प्राविधिक कारण हुने चुहावट घटाउन पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भएपनि वितरण लाइनमा मुख्यतः गैरप्राविधिक (मुख्य गरी बिजुली चोरी ) चुहावट घटाउन वितरण क्षेत्रमा नियमित अनुगमन र निगरानी गर्नुपर्छ । तर, यसवर्ष वितरण केन्द्रअन्तरगत सबैजसो क्षेत्रमा चुहावाट बढेको देखिन्छ ।प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७०/०७१ को असोजमा प्रणालीमा वितरणतर्फको विद्युत चुहावाट १९.८२ प्रतिशत थियो । आव०७१/७२को असोजमा त्यो घटेर १८.४४ प्रतिशतमा झरेको थियो । आव०७२/७३को समीक्षा अवधिमा चुहावट बढेर २१.४४ प्रतिशत पुग्यो ।त्यसपछि०७३/७४को असोजमा १८.४४ प्रतिशत, ०७४/७५को असोजमा १८.१० प्रतिशत र ०७५/७६ असेजमा १४.५४ प्रतिशतमा चुहावट भएको थियो । आव०७६/७७को असोजमा ११ प्रतिशतमा झरेको चुवहाट दर यो वर्ष१४ प्रतिशतभन्दा माथि उक्लिएको छ ।

यो वर्ष भदौमा पनि विद्युत् चुहावट गत वर्षभन्दा बढेको थियो । साउनमा गत वर्षको भन्दा कम थियो । प्राधिकरणका अनुसार गत साउनमा चुहावट दर १७.२५ प्रतिशत थियो ।अघिल्लो वर्षको साउनमा चुहावट १७.२५ प्रतिशत थियो ।यो वर्ष भदौमा १६.९३ प्रतिशत विद्युत चुहावट भयो । जबकी गतवर्षको भदौमा यस्तो चुहावाट दर १५.५२ प्रतिशत थियो ।सबै क्षेत्रमा चुहावट वृद्धि क्षेत्र अनुसार विश्लेषण गर्दासबैतिर गत वर्षको भन्दा बढी चुहावट भएको देखिन्छ । सबभन्दा धेरै चुहावाट जनकपुर प्रादेशिक कार्यालय अन्तरगतको लाइनहरुमा भएको छ । गत वर्ष असोजमा २०.४३ प्रतिशत चुहावट रहेको त्यस क्षेत्रमा यो वर्ष २१.४६ प्रतिशत पुगेको छ ।सुर्खेत प्रादेशिक कार्यालय अन्तरगत गत असोजमा १६.५७ प्रतिशत चुहावट भएकोमा यो वर्ष १४.८९ प्रतिशत चुहावट भयो । त्यस्तै, विराटनगर प्रादेशिक कार्यालयअन्तरगत अघिल्लो असोजमा १५.३९ प्रतिशत चुहावट भएकोमा यो वर्ष यस्तो दर १२.७० प्रतितश रहृयो ।प्राधिकरणको बुटवल प्रादेशिक कार्यालय अन्तरगत गत असोजमा चुहावट दर १५.३१ प्रतिशत थियो । जबकी गत वर्ष समीक्षा अवधिमा यस्तो दर १०.५८ प्रतिशत थियो ।अत्तरिया प्रादेशिक कार्यालय अन्तरगत यस्तो चुहावट दर १४.३५ प्रतिशत रह्यो । गत वर्षको असोजमा यो दर ११.९१ प्रतिशत थियो ।नेपालगञ्ज प्रादेशिक डिभिजन कार्यालय अन्तरगत वितरित लाइनमा १२.६६ प्रतिशत चुहावट भयो । अघिल्लो वर्ष यस्तो दर १२.३८ प्रतिशत कायम भएको थियो ।पोखरा प्रादेशिक कार्यालय अन्तरगत पनि चुहावट दर ह्वात्तै बढेको छ । गत वर्षको असोजमा ८.१८ प्रतिशत रहेको चुहावट दर यो वर्ष ११.६९ प्रतिशतमा पुगेको छ । त्यस्तै, हेटौंडा प्रादेशिक कार्यालयअन्तरगत चुहावाट दर ११.१९ प्रतिशत चुहावट पुगेको छ । गत वर्ष समीक्षा अवधिमा यो दर ९ं३९ प्रतिशत थियो ।काठमाडौंमा पनि चुहावाट दर बढेको छ । अघिल्लो वर्षको असोजमा ५.७९ प्रतिशत रहेको यस्तो दर यो वर्ष बढेर ६.९९ प्रतिशतमा पुगेको छ ।

किन बढ्यो ?
प्राधिकरणका अनुसार वर्षामा बढी विद्युत चुहावाट हुन्छ । यो वर्ष ढिलासम्म पनि वर्षा भइरहेकाले भदौ/असोजमा चुहावट दर बढेको हुनसक्ने विष्लेषण प्राधिकरणको छ ।त्यसबाहेक महामारीका कारण मिटर रिडिङमा समस्या भएकाले कतिपय तथ्यांक प्रणालीमा आउन ढिलाइ भएको प्राधिकरणका प्रवक्ता मदन तिमल्सिना बताउँछन् ।‘महामारीका कारण बिजुलीको एकाउन्टिङ ढिलाइ भएको हुनसक्छ,’ उनी भन्छन्,’चुहावाटभर्चुअल रुपमा मात्र बढेको पनि हुनसक्छ । यसको विश्लेषण केही समयपछि हुन्छ ।’कोरोना हामारीका कारण अनुगमन र छड्के जाँच गर्न पनि समस्या भएको प्रवक्ता तिमल्सिनाले बताए ।प्राधिकरणको निर्देशकमा कुलमान घिसिङ आएपछि घटेको चुहावट उनको बर्हिगमनलगत्तै बढ्नुले आंशका उब्जाएको प्राधिकरणकै कतिपय अधिकारीको भनाइ छ ।‘दुई हप्ताअघिको नियमित सरुवामा सही मान्छे सही ठाउँमा पठाएको देखिएन,’ प्राधिकरणका एक अधिकारी भन्छन्,’पहुँच र शक्तिको आधार हुने यस्ता सरुवाले बढाउने भनेको चुहावट र अनियमितता नै हो ।’प्राधिकरणले गत ४ वर्षमा प्रणालीबाट हुने ११ प्रतिशत विद्युत चुहावाट घटाएको थियो ।आव ०७२/०७३ मा प्राविधिक तथा गैरप्राविधिक विद्युत चुहावट २५.७८ प्रतिशत थियो । चुहावट घटाउने अभियान थालिएको ०७३/७४ मा चुहावट २२.९ प्रातिशतमा झरेको थियो ।

चार वर्षमा करिव ११ प्रतिशतचुहावट कम हुँदा प्राधिकरणलाई वित्तीय रुपमा करिब ८ अर्ब रुपैयाँ फाइदा भएको थियो । चुहावट घटाएर नाफातर्फ लम्किएको प्राधिकरणले विद्युत खपत बढाउन यो अवधिमा महत्वपूर्ण सफलता हात पारेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]