२७ कार्तिक २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – उदयपुरमा बालबिबाहको आरोपमा केटा केटी र अविभावकसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । २३ बर्षिय युवा र १७ बर्षीया बालिकाबीच बिबाहको आरोपमा केटा केटी र दुवैको अबिभावकलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका– ३ भुल्केका पुष्प कोईरालाको २३ बर्षीय छोरा अश्विन कोईराला र ताप्ली गाउँपालिका– ५ आदमाराका खेचरबहादुर खड्काकी १७ बर्षीया छोरी गोमा खड्काले मंसिर १९ गते राधा खड्काको घरमा छिमेकीले नथाहा पाउने गरी सुटुक्क बिबाह गरेको लिखित जाहेरीको आधारमा बिबाह गर्ने केटा केटी र अविभावकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।१७ बर्षीया बालिकासँग छिमेकीमा थाहै नदि बिबाह गरेको र बिहेका लागि बेहुला बेहुलीको कपडा कटारी बजारमा किनेर सुटुक्क टिका टालो गरी भगाएको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ४ जनालाई नै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले जानकारी दिए ।त्यसैगरी आफु खुसी बाल बिवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक जोडीलाई पक्राउ गरेको छ । उदयपुरगढी गाउँपालिका–ं ६ भुमरेको लिलबहादुर खड्काको १८ बर्षीय छोरा दुर्गाबहादुर खड्का र त्रियुगा नगरपालिका– १६ सुकौरा काभ्रेभन्ज्याङका टंकबहादुर कार्कीको १७ बर्षीया छोरी खेली कार्कीबीच दुवैको आपसी मिलेमतोमा मंसिर ३० गते बालबिबाह भएको लिखित जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।उदयपुरगढी गाउँपालिकाको ६ नं वडा काभ्रेपानी मन्दिरमा मंसिर ३० गते परिवारलाई समेत थाहा नदि आफु खुसी सिन्दुर पोते गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । बिहे पश्चात उनीहरु नेपालटारस्थित दुर्गाबहादुर खड्काको दिदी सुनितामा बस्दै आएको थियो ।उदयपुरमा बालबिबाहको आरोपमा केटा केटी र अविभावकसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । २३ बर्षिय युवा र १७ बर्षीया बालिकाबीच बिबाहको आरोपमा केटा केटी र दुवैको अबिभावकलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका– ३ भुल्केका पुष्प कोईरालाको २३ बर्षीय छोरा अश्विन कोईराला र ताप्ली गाउँपालिका– ५ आदमाराका खेचरबहादुर खड्काकी १७ बर्षीया छोरी गोमा खड्काले मंसिर १९ गते राधा खड्काको घरमा छिमेकीले नथाहा पाउने गरी सुटुक्क बिबाह गरेको लिखित जाहेरीको आधारमा बिबाह गर्ने केटा केटी र अविभावकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।१७ बर्षीया बालिकासँग छिमेकीमा थाहै नदि बिबाह गरेको र बिहेका लागि बेहुला बेहुलीको कपडा कटारी बजारमा किनेर सुटुक्क टिका टालो गरी भगाएको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ४ जनालाई नै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले जानकारी दिए ।त्यसैगरी आफु खुसी बाल बिवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक जोडीलाई पक्राउ गरेको छ । उदयपुरगढी गाउँपालिका–ं ६ भुमरेको लिलबहादुर खड्काको १८ बर्षीय छोरा दुर्गाबहादुर खड्का र त्रियुगा नगरपालिका– १६ सुकौरा काभ्रेभन्ज्याङका टंकबहादुर कार्कीको १७ बर्षीया छोरी खेली कार्कीबीच दुवैको आपसी मिलेमतोमा मंसिर ३० गते बालबिबाह भएको लिखित जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरगढी गाउँपालिकाको ६ नं वडा काभ्रेपानी मन्दिरमा मंसिर ३० गते परिवारलाई समेत थाहा नदि आफु खुसी सिन्दुर पोते गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । बिहे पश्चात उनीहरु नेपालटारस्थित दुर्गाबहादुर खड्काको दिदी सुनितामा बस्दै आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]