३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने बताइएको छ।

सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले भने, ‘सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो।’ यसअघि सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखी सशस्त्र प्रहरीले जिल्लाका झुलाघाट नाका, पञ्चेश्वरको रोलघाट र शिवनाथको कुस्मौत घाटमा बिओपी स्थापना गरेर सेवा दिइरहेको छ।

बिओपी स्थापनापछि सीमा क्षेत्रमा हुने अपराध, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखनलगायतका घटनामा नियन्त्रण ल्याउन सकिएको शाहले बताए। बैतडीको भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]