सप्तरी – सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज चुनाव हुँदैछ ।अहिले बिहान ८ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ ।
प्रगतिशील तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गर्नुभएको छ ।सर्वोच्च बारमा ६ सय ५ जना कानुनी व्यवसायीले मतदान गर्ने सर्वोच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काले बताउनुभयो ।