१७ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश खेलकूद परिषद् चाँडै गठन गर्ने जानकारी दिँदै सङ्घीयता स्थापनापछि खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै उपाधि हासिल गरी राष्ट्रको नाम विश्वस्तरमा राखेको बताएका छन् ।

आइटिफ तेक्वान्दो सङ्घद्वारा शुक्रवार आयोजित प्रदेशस्तरीय प्रथम तेक्वान्दो टेक्निकल समिनार कोर्सको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेर यस क्षेत्रका राष्ट्रिय प्र्रतिभालाई सम्मान गर्ने गरेको बताए ।मुख्यमन्त्री राईले प्रदेश सरकार यस क्षेत्रमा एक पालिका एक मैदान अवधारणाले काम गरिरहेको जानकारी दिँदै खेलकूदको आवश्यक विकासका लागि चाहिने पूर्वाधार एवं प्रशिक्षण उपलब्ध गराई खेलकूदको विकास गर्ने बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष एवं आइटिफ स्थापक जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले खेलाडीले अनुशासित भई विश्व खेल प्रतिस्पर्धामा नेपालको नाम उच्च राख्न शुभकामना दिए । आइटिएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाले कोरोना माहामारीबाट सबैभन्दा पीडित खेलकूद क्षेत्र भएको बताउँदै खेलकूद सङ्घसंसको नेतृत्व राजनीतिक भागबण्डाले चयन हुँदा यस क्षेत्रले फड्को मार्न नसकेको बताए ।

प्रदेशका १३ जिल्लाका पाँच वर्षदेखि २३ वर्षसम्मका दुई सय खेलाडीले दुई दिने सेमिनारमा सैद्धान्तिक प्राविधिक, व्यावहारिक, आत्मसुरक्षा र निर्णायक सम्बन्धमा प्रशिक्षण लिने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]