०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – मकेन्जी स्कटले चार महिनाको अवधिमा चार अर्ब अमेरिकी डलरभन्दा बढी रकम दान गरेकी छन्।एमेजनका संस्थापक जेफ बेजोसकी पूर्वपत्नी मकेन्जीले विभिन्न परोपकारी संस्थाहरूलाई चार अर्ब अमेरिकी डलरभन्दा बढी रकम दान गरेकी हुन् ।

उनीबाट आर्थिक सहयोग पाउने संस्थाहरूमा असाहाय भोकाहरूलाई खानेकुरा उपलब्ध गराउने र आपतकालीन उद्धार कोष सञ्चालकहरू छन्।एउटा ब्लगमा आफ्नो धारणा लेख्दै मकेन्जी स्कटले कोरोनाभाइरस महामारीको समस्याबाट मारमा परेका अमेरिकीहरूलाई आफूले सहयोग गर्ने प्रयास गरेको बताएकी छन्।मकेन्जी स्कट संसारकै १८ औँ सर्वाधिक धनी व्यक्ति हुन् र यो वर्ष उनको कुल सम्पत्ति २३.६ अर्ब डलरले बढेर ६०.७ अर्ब डलर पुगेको छ। उनको सम्पत्तिको धेरैजसो भाग पूर्वपति जेफ बेजोसबाट भएको हो। उनी मुख्यतः अनलाइन कारोबारमा संलग्न एमेजनका प्रमुख कार्यकारीका साथै संसारका सबैभन्दा धनी व्यक्ति पनि हुन्।मकेन्जी स्कटले आफूलाई सहयोगका लागि ६,५०० वटा आवेदन प्राप्त भएकोमा तीमध्ये ३८० वटा परोपकारी संस्थालाई छानेर आफूले रकम दान गरेको बताएकी छन्।गत जुलाई महिनामा उनले ११६ वटा संस्थालाई १.७ अर्ब डलर दान दिएकी थिइन्।

यो समेत जोड्दा यो वर्ष मात्र उनले झन्डै ६ अर्ब डलर रकम दानमा दिइसकेकी छन्।उनले दिएको आर्थिक सहयोग खासगरी ‘खाद्य सुरक्षाको उच्च सङ्कटमा परेका, जातीय असमानताको अवस्था चर्को भएका, स्थानीय गरिबीदर चर्को भएका र परोपकारी संस्थाहरूबाट प्राप्त हुने रकममा कमजोर पहुँच भएका समुदायहरूमाू केन्द्रित रहेको छ।गत वर्ष उनले आफ्नो सम्पत्ति दान गर्छु भनेर कबोल गरिने ‘गिभिङ प्लेज’ नामको एउटा सार्वजनिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेकी थिइन्। ‘गिभिङ प्लेज’ संसारका अतिधनाढ्य व्यक्ति र परिवारहरूले आफ्नो सम्पत्तिको ठूलो भाग समुदायको हितका लागि दान गर्नेछौँ भनेर सार्वजनिक रूपमा व्यक्त गरिने एउटा प्रतिबद्धता हो।मकेन्जी स्कटले आफूले दान दिने संस्थाहरूको चयन उनको सल्लाहकारहरूको एउटा टोलीको परामर्शको आधारमा गर्ने गर्छिन्, जसले हजारौँ परोपकारी संस्थाहरूका विषयमा सोधखोज गरेपछि मात्र आफ्नो सुझाव प्रस्तुत गर्ने गर्छन्।

परोपकारी कार्य र गतिविधिका विज्ञ जानकारहरूले मकेन्जी स्कटले दान गरेको रकम र त्यस्तो रकम हस्तान्तरण गर्न अपनाएको प्रक्रियाको प्रशंसा गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]