१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले यो वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोनाका कारण पाठ्यकोर्ष पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदा सदुपयोग गर्न लागेको हो ।

कर्णालीका हिमाली जिल्लामा पुस र माघमा जाडो बिदा हुने गरेको छ । ‘कोरोनाका कारण वर्र्षैभरि अवरुद्ध भएको पढाइ नियमित गर्न हिउँदे बिदामा पनि विद्यालय बन्द नगर्ने निर्णय गरेका हौँ’, गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले भने ।गाउँपालिकाका विद्यालय १८ मंसिरबाट सञ्चालनमा आइसकेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकालक्ष्मी उपाध्याले बताए । उनले भने, ‘अत्यधिक जाडोको समयमा पनि केही विद्यालयका विद्यार्थीहरूले आगो तापेरै पढाइलाई निरन्तरता दिन थालेका छन् ।’गाउँपालिकाले विद्यार्थीको अवरुढ पढाइ सुचारु गराउन आवासीय विद्यालय पनि सञ्चालनमा ल्याएको छ ।

२ सयभन्दा बढी विद्यार्थीलाई समूहमा राखेर आवासीय विद्यालयमा पनि पठनपाठन सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज कठायतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]